नेपाल बन्दका दौरानमा जताततै बम आतंक , प्रहरी गस्ती व्यापक

368

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले बन्द आह्वान गरेको दिन बिहानैदेखि विभिन्न स्थानमा बम तथा शंकास्पद वस्तु फेला परेका छन् । विभिन्न स्थानमा भेटिएको बमले सर्वसाधारण त्रसित भएका छन् ।कलेज तथा स्कुलहरु भने बन्द छन् । बम तथा शंकास्पद बस्तु फेला परेपछि अहिले राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

बन्दको एकबिहानै ठाउँ ठाउँमा बम विस्फोट भएका छन् भने बन्दको अटेर गरेर गाडी संचालन गर्नेहरूमाथि बन्दकर्ताहरूबाट आक्रमणण भएका छन् ।

राजधानीको शान्ति, सुरक्षा मजबुत बनाइएको बताउँदै व्यापक प्रहरी परिचालित गरिएका छन् । उपत्यकामा भेटिएका सबै स्थानका बम निष्क्रिय पारिएको छ । राजधानी बाहिरका जील्लामा बन्दको प्रभावले जनजीवन त्रसित बनेको छ । ‘कतिपय स्थानमा प्लास्टिकको झोलामा खतरा लेखिएको वस्तु देखिएकोमा ती सबै डिस्पोज पारिएको छ ।

नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नेता पक्राउ परेको विरोधमा मंगलबार बन्द आह्वान गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here