काठमाडौं/ कालीमाटी तरकारी बजार अनुगमनमा व्यापारी तथा बिचौलियाहरुले कालिमाटी बजारभित्रै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागको अनुगमन टोलीलाई थुनेका छन् ।
आफूहरु घेराबन्दीमा परेको र असुरक्षा भएको भन्दै टोलीले आपूर्ति मन्त्री र प्रहरीलाई खबर गरेका थियो । त्यसपछि प्रहरीले बाक्लो मात्रामा आफ्नो टोली परिचालन गरेर बजारबाट अनुगमन टोलीलाई निकालेको थियो ।
अनुगमनको बिरोधमा ब्यापारीहरुले बादविवाद गर्न थालेपछि अनुगमन टोली कालिमाटी बजार विकास समितिको कार्यालयमा ढोका थुनेर बस्न बाध्य भएको अनुगमन टोलीका सदस्य माधव तिमल्सिनाले जानकारी दिए । उनले प्रहरीको थप टोली आएर बिचौलियाहरुलाई हटाएपछि टोली बाहिर निस्किएको जानकारी दिए ।
आज बिहान ३ बजे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोत्ता संरक्षण विभागको अनुगमन टोली तरकारीको मूल्यको विषयमा अनुगमन गर्न कालीमाटी बजार पुगेका थिए।
आनुगमनमा पुगेको टोलीले टोलीले बिलबिजक नभएका २ वटा ट्रक नियन्त्रणमा लिएको थियो ।
तर, तरकारी लिएर आउने ब्यापारीसँग बिलबिजक माग्दा टोली नै लखेटिनुर्ने अवस्था देखिएको छ । सरकारी अधिकारीले तरकारीमा बिचौलिया नियन्त्रणका लागि अनुगमन गर्दा असुरक्षा बेहोर्नुपरेको भन्दै जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् ।
अहिले प्रहरीले बजार अनुगमनमा अवरोध गर्ने भरत खतिवडालाई गिरफ्तार गरिएको छ ।

















