पेटीकोट लगाई बलात्कारीलाई फाँसीको सजाय माग्ने युवक

244

काठमाडौं/ बलात्कारीलाई फाँसी दिनुपर्ने माग राख्दै शनिबार बलात्कारीलाई फाँसीको माग गर्दै काठमाडौको माईतीघर मण्डलामा महिला अधिकारका अभियन्ताहरुले अर्धनग्न प्रर्दशन गरेका थिए ।

अभियन्ताहरुले कालो पेटीकोट लगाएर प्रर्दशनमा उत्रिएपछि प्रहरीले धरपकड गरि नियन्त्रणमा लिएको थियो । बलात्कारीलाई फाँसी दे भन्दै नाराबाजी गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । प्रहरी नियन्त्रण भित्रै पनि उनीहरुले नाराबाजी गरिरहेका थिए । केही पुरुषसहित महिलाहरुले माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गर्दा सामाजिक अभियानमा सक्रिय सिन्धुपाल्चोकका सुरेश तिमिल्सिना पनि प्रहरीको हिरासतमा परे ।

अर्धनग्न प्रर्दशनमा उत्रिएका महिलाहरुलाई प्रहरीले नियन्त्रणमा लिएसँगै सुरेश पनि प्रहरी हिरासतमा परेका थिए । प्रदर्शन अर्थनग्न भनिए पनि कालो रंगको पेटीकोटले शरीरको लगभग पूरै भाग छोपिएको थियो । तर, प्रहरीले उनीहरुलाई समेत छाडेन । करिब ४ घण्टा हिरासतमा राखेपछि प्रहरीले प्रदर्शनकारीलाई छोडेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here