जापान सरकारको तर्फबाट मोबाईल मेडिकल कार प्रदान

87

काठमाडौं/ नेपालको दूर्गम क्षेत्रका जनताहरुलाई उनीहरुको घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले जापान सरकारको तर्फबाट सिरहा स्थित फूलकुमारी महतो मेमोरियल अस्पताललाई मोबाईल मेडिकल कार प्रदान गरिएको छ ।

नेपालका लागि जापानका राजदुत महामहिम मासामीशीओगावाले आज एक समारोहका बीच उक्त मोबाईल क्लिनिक फूलकुमारी महतो मेमोरियल अस्पतालका मेडिकल डाईरेक्टर डा. शिवशंकर शाहलाई हस्तान्तरण गर्नु भयो ।

टोयोटा हायस गाडीलाई जापान स्थित टोयो फ्याक्ट्रीले मोबाईल क्लिनिकको स्वरुप प्रदान गरी उपलब्ध गराइएको उक्त मोबाईल मेडिकल क्लिनिकबाट सिरहा, सप्तरी, उदयपुर, सिन्धुली र धनुषाका जनताहरुले लाभ पाउने छन् ।

जापानमा अध्ययनरत् नेपाली लगायतका विश्वका विभिन्न देशका विद्यार्थीहरु संस्था आईज्याक नेपालको पहलमा जापान सरकारको ग्रास रुट परियोजना अन्तर्गत उक्त कार नेपाललाई प्राप्तभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here