मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्ने

352

पोखरा/ कास्की जिल्लाको दक्षिण भेग भरतपोखरीस्थित प्रसिद्ध मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्ने भएको छ ।

मन्दिर निर्माणको पहल स्थानीयरुपमा भइरहेका बेला २०७२ को भूकम्पले मन्दिरमा थप क्षति पु¥याएपछि भित्री संरचना एवम् मौलिकता कायमै राख्ने गरी नयाँ स्वरुपमा बनाउने सोच अघि बढेको थियो । लगभग रु ३० लाखको लागतमा प्यागोडा शैलीको तीनतले मन्दिर निर्माण गर्ने लक्ष्य राखिएको कोटभैरव मन्दिर संरक्षण एवम् व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्दिरका लागि यसै आवमा पोखरा महानगरपालिका–३३ कार्यालयबाट रु १२ लाख छुट्याइएको छ । मन्दिर निर्माणमा सर्वसाधारणको समेत चासो बढिरहेको बताउँदै उहाँले इच्छुक महानुभावको सहयोगबाट मन्दिरलाई नयाँ स्वरुप दिइने जानकारी दिनुभयो । महानगरपालिका–३३ मा धार्मिक पर्यटकीय तीर्थस्थल मध्येको महत्वपूर्ण गन्तव्य कोटभैरव भएको पोखरा महानगरपालिका–३३ का अध्यक्ष शिवप्रसाद आचार्यले जानकारी दिनुभयो ।

मन्दिर संरक्षण समितिले छरिएरका गुठी जग्गाको खोजी, संरक्षणका साथै शक्ति स्वरुप पुजिँदै आइएका ऐतिहासिक हातहतियारलगायतका सामानको खोजी शुरु गरेको छ ।

हरेक वर्षको आश्विन शुक्ल पक्ष (बडा दशैँ) र चैत्र शुक्ल पक्ष (चैते दशैँ)का अवसरमा विशेष पूजाआजा हुने यस मन्दिरबाट साउने सङ्क्रान्तिमा सामूहिक लुतो फाल्ने प्रचलन छ । मनोकामना सिद्ध हुने विश्वासका साथ कास्की, स्याङ्जा, तनहँुलगायतका विभिन्न स्थानबाट भाकलसहित यहाँ सर्वसाधारण पूजाआजा गर्न आउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here