राष्ट्रियसभाबाट थप पाँच विधेयक पारित

158

काठमाडौँ/ राष्ट्रियसभाको आजको तेस्रो बैठकले मौलिक हकसँग सम्बन्धित पाँच विधेयक पारित गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गर्नुभएको ‘सार्वजनिक सुरक्षा(तेस्रो संशोधन) विधेयक, २०७५’ र ‘वैयक्तिक गोपनीयता सम्बन्धी विधेयक, २०७५’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रस्तुत गर्नुभएको ‘अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक, २०७५’ लाई प्रतिनिधिसभाको सम्बन्धित समितिको प्रतिवेदनसहित पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

त्यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रस्तुत गर्नुभएको ‘जातीय भेद्भाव तथा छुवाछुत (कसूर र सजाय) (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘सामाजिक सुरक्षा विधेयक, २०७५’ लाई प्रतिनिधिसभाको सम्बन्धित समितिको प्रतिवेदनसहित पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित भएको छ ।

त्यसअघि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले चार विधेयक प्रतिनिधिसभाको शनिबार र आइतबारको बैठकले पारित गरेको जानकारी दिनुभएको थियो ।

ती विधेयकमा ‘अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’, ‘वातावरण संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’, ‘बालबालिकासम्बन्धी विधेयक, २०७५’ र ‘अपराध पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here