मृत्युको भविष्यवाणी गर्न सक्ने महिला !

103

एक मनोवैज्ञानिकले सुँघेर नै कसको मृत्य हुँदैछ भन्नेबारे थाहा पाउने दाबी गरेकी छिन् । तर आफ्नो यो क्षमतालाई ‘बेकार’ को संज्ञा दिँदै मृत्यु हुने व्यक्तिलाई बचाउन नसक्ने जानकारी दिएकी छिन् । अष्ट्रेलियाको न्यू साउथ वेल्समा बस्ने अरी काला, २४, ले व्यवसायिक मनोवैज्ञानिकको रूपमा स्थापित हुनुअघि सेक्रेटरीको आफ्नो ९–५ को जागिर गत वर्ष छोडिन् । एउटै काम गर्दा डिप्रेशनमा परेकाले उनले उक्त जागिर छोडेको जानकारी दिइन् ।

अरीका अनुसार उनलाई आफ्नो ‘छेटौं इन्द्रिय’ बारे त्यतिबेला थाहा भयो जब उनी १२ वर्षकी थिइन् । त्यतिबेला उनी आफ्ना बिरामी काकालाई भेट्न जाँदा अचम्मको गन्ध महसुस भएको जुन उनका परिवारका अन्य सदस्यले थाहा पाउन नसकेको जानकारी दिइन् । त्यसपछि अरीले अन्य व्यक्तिबाट पनि त्यस्तै गन्ध महसुस गरिन् जसको केही दिनभित्रै मृत्यु भयो ।

अरीका अनुसार यो ‘छेटौं इन्द्रिय’ हुँदाहुँदै पनि मृत्यु हुन लागेका व्यक्तिलाई उनले बचाउन सक्दिनन् । अरीका अनुसार हरेक व्यक्तिमा यस्तो कुनै न कुनै शक्ति हुन्छ तर बाल्यकालमा सामाजिक दबाब वा पालन–पोषणको तरिकाले यो सधैंका लागि दबिने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here