प्रवेश परीक्षा नदिएकाले पनि कानून पढ्न पाउने साथै कालोकोट र ब्याच अनिवार्य

272

काठमाडौँ/ त्रिभुवन विश्वविद्यालय कानून सङ्कायको नेपाल ल क्याम्पसले प्रवेश परीक्षामा सामेल नभएका पनि कानून तहको स्नातक तह प्रथम वर्षमा पढ्न पाउने व्यवस्था गरेको छ ।

नेपाल ल क्याम्पसले पहिले प्रवेश परीक्षामा मात्र पढ्न पाउने व्यवस्थालाई गरेको थियो तर अहिले सबै विद्यार्थीको पढन पाउने अधिकारलाई सुनिश्चित गर्नका लागि प्रवेश परीक्षामा सामेल नभएकाहरुले समेत पढ्न पाउने व्यवस्था गरिएको छ ।

पहिले कोटा प्रणाली लागू गरिएको ल क्याम्पसमा पछि प्रवेश परीक्षामा मात्र सामेल भएकाले मात्र भर्ना गर्न पाउने भनिएको थियो तर अहिले प्रवेश परीक्षामा सामेल नभएकालाई समेत भर्ना खुलाइएको क्याम्पस प्रमुख डा दिनानाथ पराजुलीले जनाउनु भएको छ ।

उहाँका अनुसार प्रवेश परीक्षामा सामेल नभएकालाई आजदेखि असोज १५ गतेसम्म भर्ना खुला राखिएको जनाउनुभएको छ ।

अहिले करीब ३६४५ जनाले भर्ना गरिसकेका छन् । कोटा प्रणाली लागू गर्ने सम्बन्धमा विवाद हुँदा करीब चार महिना स्नातक तह प्रथम वर्षको भर्ना रोकिएको थियो ।

अहिले असोजबाट पढाइ शुरु गरिएको छ साथै अबदेखि कानूनमा स्नातक तह पढ्नका लागि कालोकोट र ब्याच अनिवार्य गरिएको छ ।

कालोकोट र ब्याच स्नातकोत्तर तह र स्नातक तहकै पाँच वर्षे बिएएलएलबीमा अनिवार्य गरेको क्याम्पसले यस वर्षदेखि तीन वर्षे एलएलबीमा पनि उक्त व्यवस्था गरेको छ ।

विद्यार्थीलाई अनुशासनमा राख्न र कानूनको विद्यार्थीको बोध गराउनका लागि कालोकोट र ब्याच अनिवार्य गरिएको क्याम्पस प्रमुख पराजुलीले जनाउनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here