खानेपानी मन्त्री बिना मगर भारत प्रस्थान

689

काठमाडौं /  खानेपानी मन्त्री बिना मगर ‘महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलन’मा सहभागी हुन आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा भाग लिन मन्त्री मगर त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

सम्मेलनमा खानेपानीमन्त्री मगरसहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनिलकुमार दास सहभागी हुने खानेपानी मन्त्रालयले जनाएको छ । उक्त सम्मेलनमा ८० देशका खानेपानी तथा सरसफाइमन्त्री सहभागी हुने जनाइएको छ । सम्मेलनमा नेपालका तर्फबाट सरसफाइका क्षेत्रमा भइरहेको प्रगतिका बारेमा प्रस्तुति दिने कार्यक्रम छ । सम्मेलन शनिबारदेखि शुरु हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here