दाङको टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा आउने

93

काठमाडौ, १६ असोज । दाङको टरिगाउँ विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । लामो समयदेखि बन्द रहेको विमानस्थलमा नेपाल एयरलाइन्सको विमानले आजै देखि परीक्षण उडान पर्ने भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डे र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलबीच सोमबार भएको सहमतिअनुसार विमानस्थल पुन सञ्चालनमा आउन लागेको हो । नेपाल एयरलाइन्सले दशै भन्दा पहिले नै सातामा दुई पटक विमानसेवा सञ्चालनको तयारी गरेको छ । इन्धनको समस्याका कारण काठमाडौँदेखि भैरहवा हुँदै टरिगाउँ विमानस्थलमा विमान अवतरणको तयारी गरिएको छ ।

परीक्षण उडानसँगै विमानसेवा दशैँअगाडि सम्मका लागि सातामा दुई पटक सम्भवतः सोमबार र शुक्रबार सञ्चालन हुने सम्भावना छ ।

नेपाल एयरलाइन्सले उडान भर्ने भएकाले अन्य विमान कम्पनीको भन्दा कम भाडा तय हुने नगरप्रमुख पाण्डेले बताउनुभयो । उहाँले सातामा दुई पटक सञ्चालन हुँदा रु ६ हजारसम्म र त्यसपछि रु पाँच हजारभन्दा कम भाडा तय हुने बताउनुभयो । तुलसीपुर विमानस्थल लामो समय सञ्चालनमा नआउँदा हवाईसेवा प्रयोग गर्ने यहाँका यात्रु भैरहवा र नेपालगञ्ज जान बाध्य थिए । महँगो भाडाका कारण पाँच महिनादेखि हवाईसेवा बन्द थियो ।

तुलसीपुर उपमहानगरपालिकाले गत भदौ ३१ गते हवाईसेवा सञ्चालनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, दाङका सम्पूर्ण सभासद् र निगमका प्राविधिक कर्मचारीको सहभागितामा विमानस्थलमै अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here