भ्रष्टाचार अनुसन्धानमा अख्तियारको कडाइ

121

काठमाडौं / अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारसम्बन्धी मुद्दामा कडाइ गर्ने लक्षण देखाएको छ । पप्पु कन्ट्रक्सनका मालिक तथा सांसद हरिनारायण रौनियारबिरुद्ध अनियमितिता मुद्दा दायर गरेर अख्तियारले विकासका योजना लापरवाही तथा अनियमितता गर्ने विरुद्ध कारवाही थालेपछि ठेकेदारहरूमा अख्तियार आतंक छाएको छ । अख्तियार प्रमुखमा नविन घिमिरे नियुक्त भएपछि उनले थालेका काममध्ये यो पहिलो र प्रभावकारी काम मानिएको छ । ठूला किसिमका अनियमितताविरुद्ध अभियान थालेर घिमिरेले आशाको सञ्चार गराएका छन् ।

अख्तियारलाई सशक्त बनाउनको लागि ठूला भ्रष्टाचारी र आर्थिक अपराधीहरू सजायको फन्दामा नपरेसम्म विकास हुन सक्दैन भन्ने कुरा स्पष्ट छ । ठूला भ्रष्टाचारी र आर्थिक अपराधीहरू रातारात मालिक भएकाहरूलाई अख्तियारले अनुसन्धानको दायरामा तान्न सक्यो भने स्वतः भ्रष्टाचारीहरूको मनोबल कमजोर हुने आशा गर्न सकिन्छ । ठेकेदारहरूले गरेका अनियमितता सम्बन्धमा व्यापक अनुसन्धान गरी भ्रष्टाचारीलाई अदालतबाट समेत उम्कन नपाउने गरी प्रमाण जुटाउँदै कारवाहीको लागि पहल गर्नुपर्ने देखिन्छ । यसतर्फ भने अख्तियारको सावधानी जरुरी छ ।

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here