काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतमले प्रधानमन्त्री वा मन्त्री बन्नका लागि प्रतिनिधि सभामा जाने आफ्नो चाहाना नभएको जनाएका छन् । रक्षामन्त्री ईश्वर पोखरेलले गौतमको बिरुद्धमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा अभियान चलाएका छन् । रक्षामन्त्री पोखरेलले यस्तो अभियान चलाएपछि नेता गौतमले आफू रक्षामन्त्री बन्न र मन्त्री पोखरेललाई घाटा लगाउँनको लागि प्रतिनिधि सभामा जान नचाहेको प्रतिक्रिया दिएका छन् ।
उनले भनेका छन्– ‘ईश्वर कमरेडले सम्हाल्दै आउनु भएको रक्षा मन्त्रालयमा मन्त्री हुन म प्रतिनिधि सभामा जान चाहेको होइन। म प्रतिनिधिसभामा जाँदा उहाँलाई कुनै घाटा हुँदैन।’
नेता गौतमले आफू प्रतिनिधि सभामा जाँदा पार्टीलाई र सरकारलाई फाईदा हुने जनाएका छन् । ‘बरु प्रतिनिधि सभामा मेरो उपस्थितिले पार्टी बलियो हुन्छ, संसद प्रभावकारी हुन्छ र सरकार पनि प्रभावकारी हुन्छ।’ नेता गौतमको भनाई । उनले काठमाडौं–७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरलाई आफ्ना लागि राजिनामा दिन नभनेको स्पष्ट पारेका छन् ।
त्यस्तै सुरुको बैठकमा पोखरेलले विरोध नगरेका र गौतमलाई डोल्पाबाट उठाउन हुन्न, बरु उहाँलाई बाँकेबाट उठाउन सकिन्छ, काठमाडौंका कुनैपनि क्षेत्रबाट उठाएर भएपनि जिताउनु पर्छ र प्रतिनिधि सभामा ल्याउनु पर्छ भनेको पनि गौतमले जानकारी गराएका छन् ।

















