एमाले–माके एकतामा ओली पक्षको बखेडा

133

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने पार्टी एकतापछि अध्यक्ष को ? भन्ने विषय टुंगो लाग्न नसक्दा एकता प्रक्रियाले गति लिन सकेको छैन ।
चुनावी तालमेल र एकता प्रक्रिया अघि बढेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच कैयौंपटक छलफल भएको छ । ‘वान टु वान’ र संयुक्त गरी यो बीचमा कैयौं छलफल भए तर पार्टी एकतापछिको अध्यक्ष को ? भन्ने विषयमा नै कुरा अल्झिएपछि प्रक्रियाले तीव्रता नपाएको हो ।
माघ ५ गते एमाले अध्यक्ष ओली बैंककबाट फर्किएलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसागको भेटपछि पार्टी एकताले गति लिने अनुमान दुवै पार्टीका नेताहरूको थियो । तर पनि गति लिन सकेन । माओवादी केन्द्रका नेताहरूले भने पार्टी एकताको लागि एमालेभित्र आन्तरिक छलफल नपुगेको बताएका छन् । यो कुरा एमालेका नेताहरू पनि स्वीकार गर्छन् ।माओवादी केन्द्रका नेता मणि थापाले पनि पदको विषय टुङ्गो नलाग्दा पार्टी एकता सोचेअनुरूप अगाडी बढ्न नसकेको स्वीकार गरे ।

 
नेता थापाले पार्टी एकतापछि एमाले अध्यक्ष ओलीले प्रचण्डलाई अध्यक्ष मान्न तयार भए पनि एमालेभित्रका शीर्ष नेताहरूले भने मान्न तयार नभएको बताए ।
‘एमाले अध्यक्ष ओलीजी प्रचण्डलाई अध्यक्ष मान्न तयार हुनुहुन्छ । तर, एमालेभित्रका शीर्ष नेताहरू नै प्रचण्डलाई अध्यक्ष मान्न तयार छैनन्,’ नेता थापाले भने, ‘शीर्ष एवम् प्रभावशाली नेताले नै अध्यक्ष मान्न तयार नभएपछि पार्टी एकता लम्बिएको हो । समयअनुसार मान्छेको मनस्थिति पनि परिवर्तन हुादोरहेछ । हाम्रो पार्टीभित्र त सबै आन्तरिक छलफल भइसक्यो । एमालेभित्र अझै आन्तरिक छलफल नपुगेको देखिन्छ ।’

 
एमालेका एक प्रभावशाली नेताले पनि पार्टीभित्र अहिले खुलेर यो विषयमा छलफल नै भएको छैन । अध्यक्षलाई नै सबै जिम्मा लगाएकाले अन्य नेताहरू यो विषयमा छलफलमा सहभागी छैनन् । ‘हाम्रो पार्टीमा गम्भीर रूपमा यो विषयमा छलफल भएको छैन’, एमालेका एक प्रभावशाली नेताले भने, ‘दुवैतर्फका नेताका केही स्वार्थ छन् । ती स्वार्थ पूरा नहुन्जेल र हुने ढुक्क नहुादासम्म यो विषयले प्राथमिकता पाउादैन । बैठकमा पनि अन्य विषयमा बढी छलफल हुन्छ ।’
उनका अनुसार यो बीचमा भएका बैठकमा पार्टीबाटै राष्ट्रिय सभा उमेदवार चयनकै विषयमा बढी कुराकानी भएको थियो । अध्यक्ष प्रचण्डलाई दिने कि नदिने भन्ने विषयमा गम्भीर रूपमा छलफल नै भएको छैन । त्यसका लागि बनाउने भनिएको कमिटी पनि अझै बन्न सकेको छैन । पहिले आन्तरिक तयारीपछि कमिटी बनाउनुपर्ने धारणा एमालेका केही नेताको रहेको उनले जनाए । उता माओवादी केन्द्रका अर्का नेता गिरिराजमणि पोखरेलले भने पद बााडफााडलगायत सिद्धान्तको बारेमा आन्तरिक छलफल भइरहेको भए पनि एकताले गति लिन नसकेको बताए । नेता पोखरेलले भने, ‘पार्टी एकता गर्ने काम सजिलो विषय होइन । अहिले दुवै पार्टीभित्र पद तथा सिद्धान्तको बारेमा छलफल भइरहेको छ । अहिले राष्ट्रियसभा निर्वाचनको उमेदवार छनोट गर्नुपर्ने भएकाले आन्तरिक छलफलमै व्यस्त भएका हौं । अबको एक दुई दिनमा पार्टी एकता संयोजन समितिको बैठक बसी एकताको प्रक्रिया अगाडि बढ्छ ।’ नेता पोखरेलले कम्युनिष्ट आन्दोलनमा पदको विषय महत्वपूर्ण हुने भन्दै असोज १७ गतेको निर्णयलाई दुवै पार्टीले मान्नुपर्ने पनि बताए ।
‘कम्युनिष्ट आन्दोलनमा पद भन्ने एकदमै महत्वपूर्ण हुन्छ,’ नेता पोखरेलले अगाडि भने, ‘दुवै पार्टीभित्रको माथिदेखि तलसम्मका नेताहरूको उचित व्यवस्थापन हुनुपर्छ ।’

 
माओवादी केन्द्रका नेता दिनानाथ शर्माले भने पार्टी एकताको लागि पद बााडफााड समस्याको रूपमा नरहेको जनाए । नेता शर्माले दुवै पार्टीका अध्यक्ष प्रधानमन्त्री र पार्टी अध्यक्ष भइसकेको भन्दै भने, ‘ओलीजी र प्रचण्डजी प्रधानमन्त्री र पार्टी अध्यक्ष भएको मान्छे हुनुहुन्छ । उहााहरूलाई पदको केही लोभ छैन । उहााहरूले सार्वजनिक रूपमा पनि पदको विषयले पार्टी एकता नरोकिने बताउादै आउनुभएको छ ।’
एमालेले माओवादी केन्द्रलाई सहर्ष अध्यक्ष पद दिन तयार नभएपछि माओवादी केन्द्रका नेताहरूले पार्टी एकताको लागि एमाले नरम हुनुपर्ने बताएका छन् ।

 
‘माओवादी केन्द्रलाई अध्यक्ष मान्न एमालेका साथीहरू कन्जुस्याईा गरिराख्नुभएको छ, त्यस्तो गर्नुहुादैन,’ माओवादी केन्द्रका एक नेताले भने । उनले एमाले र माओवादीबीचको पार्टी एकताको लागि जनताले बहुमत दिएको बताउादै एमाले अब नरम हुनुपर्ने जनाए । माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलेले पद बााडफााडको लागि एमालेभित्रै आन्तरिक छलफल नपुगेको जनाए ।
नेता पौडेलेले भने, ‘माओवादी केन्द्रलाई अध्यक्ष दिने कि नदिने भन्नेबारे एमालेभित्र आन्तरिक छलफल नपुगेको देखियो । उहााहरूले स्थायी समितिको बैठक राखेर पदको टुङ्गो लगाउाछौं भन्नुभएको छ । अबको बैठकपछि पार्टी एकताको लागि एमालेका साथीहरू नरम भएर आउनुहुन्छ भन्ने हामीले विश्वास गरेका छौं ।’      (- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here