मानिसको सामान्य लापरवाही किड्नी खराब हुनुको मुख्य कारण,आफ्नो किड्नी यसरी जोगाउनुहोस्

316

किड्नी खराब हुुनुमा मानिसको लापारवाही मुख्य कारण हुन्छ । किड्नी खराब हुनुको मुख्य कारण यस प्रकार छन्

१. चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ ।

२. खानामा धेरै नून खाँदा वा अन्य नूनिलो खानेकुराले पनि किड्नी खराब बनाउँछ । नूनले सोडियम ब्लड प्रेसर गराउँछ, जसको असर किड्नीमा पर्छ ।

३ पिसाब रोक्दा पिसाव थैली भरिन्छ । पिसाब भरिएर किड्नीसम्म पुग्छ । पिसाबमा हुने व्याक्टेरियाले किड्नीलाई हानी गर्छ ।

४. पानी कम वा ज्यादा पिउनु शरीरलाई दैनिक ८ देखि १० गिलास पानी पिउनु जरुरी छ । थोरै पानी पिउदा पनि शरीरमा जम्मा भएको विकारले किड्नीको नियमित कार्यलाई असर गर्छ । ज्यादा पानी पिउदा पनि किड्नीलाई असर गर्छ ।

५. चुरोट वा तमाखु खाने सिगरेट पिउँदा वा तमाखु खादा शरीरमा विष जम्मा हुन्छ जसले किड्नी ड्यामेज गर्ने सम्भावना हुन्छ । धुमपानले प्रेसर बढाउँछ र अन्त्यमा किड्नीलाई असर गर्छ ।

६ जापानमा गरिएको एक अनुसन्धान अनुसार धेरै कोल्ड ड्रिंस वा चिसो पिउनेलाई पनि किड्नी ड्यामेजको सम्भावना हुन्छ । कोल्ड ड्रिंसमा हुने अर्थोफोस्फोरस एसिडले किड्नीलाई गम्भीर हानी गर्छ ।

७. सामान्य मानिसको तुलनामा धेरै खाने मानिसलाई पनि किड्नीको समस्या हुन्छ । बढी खाँदा तौल बढ्छ । तौल बढी भएपनि किड्नीसँग सम्बन्धित विभिन्न समस्या हुन्छ ।

८. ज्यादा ननभेज खानेकुरा मासुमा प्रर्याप्त मात्रामा प्रोटिन हुन्छ । धेरै प्रोटिनले किड्नीमा मेटाबोलिक लोड बढाउँछ र किड्नी स्टोनका समस्या ल्याउछ ।

९. दिनमा ७ देखि ८ घन्टा नसुत्ने मानिसमा उच्च रक्तचाप र मुटुको समस्या हुने गर्छ । रक्तचाप र मुटु रोगले किड्नीको समस्या निम्त्याउँछ ।

यसबाट बच्ने उपाय :

१. एक दिनमा कम्तिमा ४ देखि ६ गिलास पानी पिउनुस् । यसले गर्दा शरीरबाट टक्सिन्स बाहिर निस्किन्छ । जसले किड्नीलाई स्वस्थ रहन मद्दत गर्दछ ।

२. खानामा नुनको मात्रालाई कन्ट्रोल गर्नुहोस् । नुनमा सोडियम हुन्छ । जसले ब्लड प्रेसर बढाउने मात्र होइन, किड्नी खराब गर्न पनि भूमिका खेल्छ ।

३. डायबिटिज र ब्लड प्रेसर कन्ट्रोल गर्नुहोस् । यी दुवै समस्या किड्नीका लागि नोक्सानदायक छन् ।
४. ज्यादा मसलेदार खाना खाने बानी नगर्नुस् ।

५. चुरोट, रक्सी या अन्य सूर्तीजन्य पदार्थको सेवनमा कन्ट्रोल गर्नुहोस् । यस्ता पदार्थहरुले शरीरमा टक्सिन्सको मात्रा बढाउन र किड्नी खराब गर्न भूमिका खेल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here