एसपी बिष्ट र इन्स्पेक्टर भट्टलाई सेवाबाट बर्खास्त

193

काठमाडौं / गृह मन्त्रालयले एसपी डिल्लीराज बिष्ट र इन्स्पेक्टर जगदिशप्रसाद भट्टको जवाफ चित्तबुझ्दो नभएकाले सेवाबाट बर्खास्त गरेको छ ।

बिहीबार विष्ट र भट्टलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गर्ने निर्णय गरेको हो।

निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै उनीहरुलाई कञ्चनपुर घटनाको छानबिन समितिको प्रतिवेदनको आधारमा सरोकारवालाहरुबाट प्राप्त गुनासाेको उचित सम्बोधन गर्न नसकेको, प्रमाण लोप पारेको तथा घटनामा सम्बन्धित जिल्ला प्रहरी प्रमुखसमेतको सन्दिग्ध भूमिका रहेको भन्ने आधारमा प्रहरी सेवाबाट हटाइएको विज्ञप्तीमा जनाइएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here