स्कुटर जाँच गर्ने क्रममा लागूऔषध बरामद

351

काठमाडौं / टोखा बस्ने मोरङ बेलबारी नगरपालिका-८ का २७ वर्षीय सरोजकुमार थापालाई लागूऔषध चरेश १ सय २७ ग्राम, फेनारगन ६ एम्पुल, डाईजेपाम ६ एम्पुल, लुपिजेसिक ६ एम्पुल, आइएसडी ९ थान, आइसिई जस्तो पदार्थ १.५ ग्राम, हाल नाम नखुलेको सेतो धुलो ५ सय ग्राम र १० हजार रुपैयाँ सहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-२६ ठमेलमा बा।९४ प ३५४१ नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटरमा सवार थापाको साथमा उक्त लागूऔषध फेला परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here