मृत्युपछि पनि बढ्छ नङ्ग र कपाल

295

मरेपछि मानिसको शरीर के हुन्छ ? धड्कन रोकिन्छ, रगत चिसो हुन्छ र अरु अंगहरू कक्रक्क पर्न थाल्दछ तर नङ्ग र कपाल भने बढिरहन्छ– कमसेकम हामीलाई यस्तै कुराहरू सुन्दै आएका छौँ । एरिक मारिया रेमरक्युको उपन्यास ‘अल क्वाइट अफ द वेस्टर्न फ्रंट’ का युवा कथावाचकले कल्पना गर्छन् कि गैंगरीनको कारणले मृत्यु भएको उनको एउटा साथीको नङ्ग बढिरहेको र उसको खोपडीमा पनि कपाल लामो भइरहेको छ ।

कुनै अचम्मको कुरा होइन कि लासको नङ्ग र कपाल बढे नबढेको बारे सुनियोजित अध्ययन धेरै कम भएको छ । जानकारीका लागि ऐतिहासिक कथा र लासको काम गर्ने मेडिकल विद्यार्थीको वर्णनमाथि ध्यान दिनुपर्ने हुन्छ । ट्रान्सप्लान्ट गर्ने सर्जनहरूको पनि मृत्युपश्चात विभिन्न कोशिकाहरूले काम गरिरहने अनुभव रहेको पाइएको छ । विभिन्न कोशिकाहरू छुट्टाछुट्टै गतिले मर्ने गर्दछन्, मुटुको चाल बन्द भइसकेपछि दिमागलाई अक्सिजनको आपूर्ति बन्द हुन्छ किनकि दिमागमा ग्लूकोजको संग्रह हुँदैन त्यसकारण तीनदेखि सात मिनेटभित्र स्नायु कोशिका मर्ने गर्दछन् ।

नङ्गको संरचनाको ठिक तल कोशिकाको एक सतह हुन्छ जसलाई जीवाणु–जाल भनिन्छ । यो सतहले बढी मात्रामा कोशिकाहरूको उत्पादन गर्दछ जसले नङ्गको नयाँ भाग बनाउँदछ । नयाँ कोशिकाले पुरानोलाई अगाडि धकेल्दछ जसले नङ्ग कुनाबाट बढेको जस्तो अनुभव हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here