काठमाडौं / ललितपुर र बाजुराबाट अवैध रुपमा जुवातास खेल्ने २९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने ४० वर्षीया लिलाश्रेष्ठको जस्ताको टहरामा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा फेला पारी श्रेष्ठ समेत ११ जनालाई १ बुकतास रनगद ४७ हजार ६ सयरुपैयाँ सहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
बाजुरा बडीमालिका नगरपालिका-८ मार्तडी बस्ने २८ वर्षीय उद्वव रावलको पसलमा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका बस्ने ३८ वर्षीय गोरख रावल समेत १८ जनालाई नगद ६७ हजार रुपैयाँ सहित बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।


















