परोपकारी कार्यमा छोरीमैया श्रेष्ठ स्मृति प्रतिष्ठानको सक्रियता, दुर्गम क्षेत्रका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

234

 काठमाडौं / विगत लामो समयदेखि समाजसेवाको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएको छोरीमैया श्रेष्ठ स्मृति प्रतिष्ठान काठमाण्डौले विभिन्न विद्यालयका विद्यार्थीहरूलाई पोशाक, शैक्षिक सामग्री, स्टेशनरीका साथै कम्प्युटर प्रदान गरेको छ ।

नेपालको दुर्गम क्षेत्रका विद्यार्थीहरूको पनि शैक्षिक स्तरवृद्धि हुने अपेक्षा तथा प्रविधिक शिक्षामा पनि टेवा पुगोस् भन्ने सोच सहित तनहुँका विभिन्न आठ वटा विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री, पोशाक, स्टेशनरी लगायतका सामग्री प्रदान गरिएको छोरी मैया स्मृति प्रतिष्ठानकी अध्यक्ष सुजाता श्रेष्ठले जानकारी गराउनु भयो ।

प्रतिष्ठानले एक कार्यक्रमकाबीच जनज्योति उमावि, धर्म मावि, दिपक मावि, जनज्योति आवि, बाल शैक्षणिक आवि, जनशक्ति प्रावि, बाल विद्याश्रम प्रावि, पार्वति मावि गरी ८ विद्यालयका करिब ७० जना विद्यार्थीलाई पोशाक तथा स्टेशनरी वितरण गरेको हो ।

संस्थाका अध्यक्ष सुजाता श्रेष्ठ, सचिव राजकुमार श्रेष्ठ, कोषाध्यक्ष अनुशा श्रेष्ठ र सम्बन्धित विद्यालयका प्रअ, शिक्षकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्षको उपस्थितिमा पोषक, स्टेशनरी, शैक्षिक सामग्री वितरण गर्नुका साथै पार्वति माविलाई ५ थान कम्प्यूटर र कापी प्रदान गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले यस अघि पनि निरन्तर रुपमा विभिन्न विद्यालय, विद्यार्थी तथा प्राकृतिक, मानवीय लगायतका विपदमा परेकाहरूलाई सहयोग गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here