भोलि छठ पर्वको सार्वजनिक बिदाबारे अन्योलता

218

काठमाडौं / गत वर्षसम्म छठको अवसरमा सार्वजनिक बिदा हुने गरेपनि सरकारले यस वर्ष बिदा कटौती गरेकाले अन्योलता देखिएको छ ।

नेपाल राजपत्रमा २०७४ चैत १४ गते प्रकाशित गरेको गृह मन्त्रालयको सूचनामा छठको सार्वजनिक बिदाबारे व्यवस्था गरिएको छ । सूचनाको २.२ मा ‘सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र सार्वजनिक बिदा हुने पर्वहरू’ सम्बन्धी व्यवस्था गरिएको छ । जुन खण्डको (घ) मा ‘छठ पर्व, कात्तिक २७ गते मंगलबार’ पनि समावेश छ ।

सूचना अनुसार छठ पर्वको सार्वजनिक बिदा ‘सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र’ दिइने छ ।

यस वर्ष समेत सरकारले छठको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर, देशैभर बिदा दिइएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here