श्रीमतीको उपचारका लागि प्रचण्ड तातोपानी कुण्डमा

84

काठमाडौ, २७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीमती सीता दाहालको उपचारका लागि म्याग्दी स्थित तातोपानी कुण्डमा पुगेका छन् । तातोपानी कुण्डमा पत्नीको प्राकृतिक उपचार गरात्उन अध्यक्ष प्रचण्ड म्याग्दी पुगेका हुन् । नसासम्बन्धी रोगबाट पीडित दाहाल पत्नी सीताको उपचार गराउन तातोपानी कुण्डमा लगिएको हो । उनी सोमबार दिउसो दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत त्यसतर्फ गएका हुन् । उनको टोलीमा गृहमन्त्री रामबहादुर थापा र उनकी पत्नी नैनकला, अध्यक्ष दाहालकी छोरी गङ्गालगायत सहभागी छन् ।

प्राकृतिक चिकित्सालयका रुपमा परिचित तातोपानी कुण्डमा शरीर डुबाएर सीताको उपचार गराउन शुरु गरिएको छ । सीतालाई यसअघि सिङ्गापुर लगेर उपचार गरिएको थियो । तातोपानी कुण्डमा स्नान गरेमा नसासम्बन्धी समस्या हल हुने थाहा पाएपछि उहाँलाई यहाँ ल्याइएको अध्यक्षका निजी सचिव जोगबहादुर महराले जानकारी दिए ।

पहिलो दिन सीतासहितको टोलीले नै तातोपानी कुण्डभित्र करीब साढे १ घण्टा स्नान गरेको छ । उहाँलाई बेनीस्थित एक होटलमा बसेर केही दिन नियमित रुपमा कुण्डमा पुगेर स्थान गरी उपचार गराइने व्यवस्था मिलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here