संसद भवनभित्रै सांसदहरुबीच कुटाकुट

321

श्रीलंका / बिहीबार दिउँसो बसेको संसद बैठकमा  सदन चलिरहेको बेला सांसदहरुबीच हात हालाहाल भएको छ।  सरकार पक्षधर र विरोधी दलका सांसदहरुबीच कुटाकुट भएको हो। राजपक्ष सरकारविरुद्ध बुधबार अविश्वास प्रस्ताव पारित भएको थियो ।

राष्ट्रपति मैत्रिपाला सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेका महिन्दा राजपक्षले आफूलाई ध्वनीमतबाट हटाउने अधिकारी सभामुखसँग नभएको बताए लगत्तै सांसदहरुबीच हात हलाहल भएको हो। यो क्रमका आधा घण्टासम्म चलेको श्रीलंकाली संचार माध्ययमहरुले जनाएका छन।

संसदको बैठक बस्ने वित्तिकै सभामुख करु जयसूर्याले देशमा सरकार नभएको र राजपक्ष र राष्ट्रपतिले अपदस्थ गरेको रनिल विक्रमासिंघे दुवै प्रधानमन्त्री नभएको बताएका थिए। राष्ट्रपति सिरिसेनाले अक्टोबर २६ मा विक्रमासिंघले अपदस्थ गरेपछि श्रीलंकामा राजनीतिक संकट उत्पन्न भएको छ।

करिब तीन दर्जन सांसदबीच झडप भएको थियो। धक्कामुक्कीको क्रममा केही सांसद भुँइका ढलेका थिए र विपक्षीहरुले लातले हानेका थिए। राजपक्षका पक्षधर सांसदहले पानीका बोतल, किताब र फोहोरको बट्टा प्रहार गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here