प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई हटाएर हेलिप्याड

52

काठमाडौं /  राष्ट्रपति कार्यालय शितल निवास सँगै रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई हटाएर हेलिप्याड बनाउने तयारी गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको दबावमा सरकारले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठान काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको  हो ।

प्रहरी तालिमको क्रममा हुने होहल्ला र फायरिङले दिनहुँजसो ‘डिस्टर्ब’ हुने गरेको र राष्ट्रपतिलाई हेलिकोप्टरबाट उपत्यकाबाहिर जान आउन निवासभित्रै ‘स्थायी हेलिप्याड’ बनाउनका लागि फराकिलो ठाउँ चाहिएकाले सरकारले प्रहरी प्रतिष्ठान सार्न लागिएको रास्ट्रपति कार्यालयले जनाएको हो ।

काभ्रेको पनौतीमा भारत सरकारको सहयोगमा प्रहरी प्रशिक्षण बनाउने भनिए पनि शिलान्यास भएको पाँच वर्ष बितिसक्दा पनि अझै काम सुरु हुन सकेको छैन ।कान्तिपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here