भक्तपुर, सत्तारुढदल नेपाल कम्युनस्टि पार्टीका प्रमुख सचेतक देब गुरुङले देशी बिदेशी तत्वहरु मिलेर नेपाललाई विदेशी सैनिकहरुको परेड स्थल बनाउन लागेको आरोप लगाएका छन् ।
गुरुङले नेपाली भूमिलाई कुनै न कुनै तवरले दुरुपयोग गर्ने क्रम बढेकाले नेपालको राष्ट्रियता खतरमा परिरहेको बताए । उनले नेपालमा स्थिरता कायम गर्न नसके नेपाल विदेशी सैनिकहरुको क्रिडा स्थल बन्नुका साथै एक प्रकारको अफगानिस्थानको मोडेलमा जाने बताए ।
नेपालको भूमि दुरुपयोग गरि एक चीन नीतमा हमला गर्ने र तिब्बतको मामलामा समेत हस्तक्षेपकारी भूमिकामा विदेशीहरु लागीरहेको उनको दाबी छ ।
जनताको जनमत अनुसरा राज्यका सबै अंगहरु रुपान्तरण हुन नसक्दा जनताले सोचे अनुरुप कामहरु हुन नसकेको भन्दै उनले सबै बिषयहरुलाई मध्ये नजर गर्दै सरकारले तिव्ररुपमा काम समेत गरिरहेको बताए ।
संघियता कार्यान्वयन गर्ने बिषयमा केही अन्यौलता देखिएकाले केही ढिला सुस्ती भएको बताउँदै संक्रमण अवस्था जारीनै रहेकाले प्रणालीमा रुपमान्तरण गर्दै जानुको बिकल्प नभएको बताए ।
गुरुङले संविधानत देशमा बहुदलीय प्रणाली रहेको भनेता पनि देश दुई दलिय प्रणाली तर्फ जान लागेको बताए । दुई दलयी व्यवस्थामा जान लागेको अवस्थामा कम्युनिष्टहरु एक भएर जानुको बिकल्प नरहेको समेत उनले बताए ।
हाल सदनमा प्रतिपक्षको भूमिका नकारात्मक भन्दा पनि सकारात्मक रहेको बताउँदै काँग्रेसले बिभिन्न बिधेकहरु पारित गर्दा देखाएको समर्थनले प्रष्टाएको र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको उनले बताए ।
प्रधानमन्त्रीले बिभिन्न क्षेत्रको शक्ति आफ्नो मातहतमा लिएको बिषय सहि र गलत समयले पुष्टि गर्ने भन्दै गुरुङले हालसम्म प्रधानमन्त्रीले सकारात्मक कामलाई प्राथमिकता दिएर काम गरिरहेको बताए ।


















