दुई चर्चित अभिनेता अभिनित फिल्म भिड्ने तयारीमा

211

यस वर्षको चैत २९ गते चर्चित दुई अभिनेता अभिनित दुई फिल्म भिड्न लागेका छन् । युवा अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर ३’ ले तोकेको प्रदर्शन मितिमा अभिनेता सलिनमान बनियाँ अभिनीत फिल्म ‘यात्रा’ पनि लाग्ने तय भएको छ ।

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको ‘यात्रा’ फिल्मको अफिसियल पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता बनियाँको क्यारेक्टरलाई प्रस्ट्याईएको छ । फिल्ममा उनी भ्लगरको भूमिकामा छन् । सलिनसँगै सलोन बस्नेत, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतको फिल्ममा अभिनय छ । यही फिल्मबाट मल्लिका महतले डेब्यु गरेकी छिन् ।

फिल्मलाई जर्नी लभस्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् । यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।  संजय लामाको छायांकन रहेको फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, हिमाल केसीको द्वन्द र बनिश शाहको सम्पादन छ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ ।फिल्ममा बिक्रम पराजुली, मुक्ति तिमल्सिना र रामशरण घिमिरे सह-निर्माता छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here