राम्राे काम सिनेमाकाे हिराे वा क्रिकेटकाे हिराे जाेसंग पनि सिक्दा हुन्छ

171

काठमाडौं / नेपालका राष्ट्रपति विद्यादेवि भण्डारी १८ करोडको गाडि प्रकरणमा आलोचित भईरहेकाबेला भारतका अभिनेता महानायक अमिताभ बच्चन भने १ हजार ३ सय ९८ जना किसानको ऋण चुक्ता गरी दिएर सबैतिर लोकप्रियता हासिल गरिरहेका छन्  ।

मंगलबार अमिताभले आफ्नो ब्लगमार्फत् यो जानकारी दिएका हुन् । ब्लगमा लेखिएअनुसार उनले उत्तर प्रदेशका १ हजार ३ सय ९८ जना किसानको ऋण तिरिदिएका छन् ।

जनहित विपरितको काम गरिरहेकी  राष्ट्रपति भण्डारीको विलासी जिवन रवैयाप्रती  पछिल्लो समय सामाजिक संजालमा निकै आलोचना खेप्न परेको छ । रास्ट्रको सम्पती विलासी चिजवस्तुमा खर्च गरेर गरिब दुखी जनताबाट उठाएको कर को गलत दुरुपयोग गरेको पाइन्छ ।

नेपालका रष्ट्रपति १८ करेडको गाडी किन्ने कुराले आलोचनामा मुछिरहँदा भारतका अभिनेता अमिताभ बच्चनले किसानहरुको चार करोड भन्दा बढी ऋण चुक्ता गरिदिएका छन् ।

अमिताभले तिरिदिएको ऋण भारतको एक सरकारी बैंकको थियो । उनले ऋण रकम बैंक अफ इण्डियाबाट एकमुष्ट रुपमा तिरिदिएको ब्लगमा लेखिएको छ । बैंकले ऋण चुक्ताको कागजपत्र अमिताभलाई दिएको छ जसलाई अमिताभले किसानहरुलाई हस्तान्तरण गर्दैछन् ।

सबै किसानहरु ऋण चुक्ता भएको बैंकको कागजपत्र लिन मुम्बई जानेछन् । सबै किसानहरुलाई एकै पटक मुम्बई ल्याउन कठिन भएपछि अमिताभले रेलको डिब्बा नै रिजर्भ गरिदिएका छन् । उनीहरुलाई अमिताभले २६ नोभेम्बरमा बैंकको कागजपत्र हस्तान्तरण गर्ने छन् अमिताभले यसै वर्ष महाराष्ट्रका ३५० किसानहरुको ऋण चुक्ता गरिदिएका थिए ।

भारतका चलचित्र क्षेत्रका अभिनेता जस्तो व्यक्तिले यति लोकप्रिय काम गरिरहेको बेला हाम्रो देश कै उच्च पदस्थ व्यक्तिले जनताबाट उठाएको करको दुरुपयोग गर्नु दुर्भाग्य हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here