काठमाडौं / सरकारले आलोचना नै आलोचना भएको प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिश्चियन धर्मप्रचारक संस्था युनिभर्सल पिस फाउन्डेसनबाट करिब १ करोड ११ लाख रुपैयाँसहितको ‘लिडरसिप एन्ड गुड गभर्नेन्स’ अवार्डमा त्यतिनै रकम थप गरेर युवा र बालबालिकाको हितमा काम गर्न कोष बनाउने निर्णय गरेको छ ।
सोमबार बेलुका बसेको मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्रीले तत्कालै सो रकम कोष खडा गरी युवा विद्यार्थी र बालबालिकाको पक्षमा काम गर्न प्रयोग गरिने एक मन्त्रीले सञ्चारमाध्यमलाई जनाएका छन् ।
प्रधानमन्त्रीकै चाहना अनुसार अलग्गै कोष खडा गरी थप एक लाख डलर अर्थात नेपाली करिब एक करोड १५ लाख रुपैयाँ थपेर करिब अढाइ करोडको कोष खडा गर्ने निर्णय भएको ती मन्त्रीले जनाए । सो कोषबाट विपन्न तथा दलित युवा विद्यार्थीको हितमा काम गरिने भएको छ । अनलाइनखबर


















