हुवाए कम्पनीकी अधिकारी क्यानाडामा पक्राउ, कारण यस्तो !

276

ओट्टावा– चीनको विशाल दूरसञ्चार कम्पनी हुवाएका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानाडामा पक्राउ गरिएको छ ।

चीनले भने उक्त पक्राउ र दुव्र्यवहारप्रति आपत्ति जनाएको छ ।  मेङ वानझाउ हाल हुवाएकी प्रमुख वित्तीय अधिकृत हुन् ।

चीनले भने उक्त पक्राउ र दुव्र्यवहारप्रति आपत्ति जनाएको छ ।  मेङ वानझाउ हाल हुवाएकी प्रमुख वित्तीय अधिकृत हुन् ।एजेन्सी 

इरानमाथिको अमेरिकी नाकाबन्दीको हुवाएले अवज्ञा गरेको आरोपमा अमेरिकी अधिकारीहरुले अनुसन्धान शुरु गरेको जनाइएको छ ।

अमेरिकी गुप्तचर अधिकारीहरुले हुवाएका गतिविधिमाथि निगरानी गरिरहेको र उक्त कम्पनी राष्ट्रिय सुरक्षाका दृष्टिले खतरापूर्ण रहेको जनाउँदै आएका छन् ।

क्यानाडाको न्याय मन्त्रालयले एक वक्तव्यमा मेङलाई भ्यानकुभरबाट डिसेम्बर १ तारिखमा गिरफ्तार गरिएको जनाएको छ । मन्त्रालयले मेङलाई अमेरिका सुपुर्दगी गर्न आग्रह गरेको जनाएको छ । मेङका पिता एवं हुवाएका संस्थापक रेन झेङफाई चिनियाँ जनमुक्ति सेनाका पूर्व इन्जिनियर हुन् ।  

ओट्टावास्थित चिनियाँ राजदूतावासले मेङलाई तत्काल रिहा गर्न आग्रह गरेको छ ।  

वालस्ट्रिट जर्नलले अप्रिलमा अमेरिकी न्याय विभागले इरानविरुद्ध अमेरिकी प्रतिबन्धलाई हुवाएले उल्लङ्घन गरिरहेको भन्दै छानबिन थालेको समाचार प्रकाशन गरेको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here