रौतहट / समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र गौर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त आयोजनमा गौर नगरपालिका ३ स्थिय जिल्ला अस्पतालको सरसफाई कार्यक्रम बिहीबार सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रहरी कर्मचारीहरु र जिल्ला अस्पताल परिसरका कर्मचारीको सहभागिता रहेको थियो ।
यसैगरी समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत सामुदायिक प्रहरी सेवा केन्द्र चपुर, ईलाका प्रहरी कार्यालय चपुर रौतहट र विश्वादस पुनस्स्थापना केन्द्र चपुरको समन्वयमा बुधबार बिहान लागूऔषध दुर्व्यसन सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
चन्द्रपुर नगरपालिका १ स्थित बागमती माध्यामिक विद्यालयमा विद्यालय सम्पर्क कार्यक्रम अनुसार जिल्ला प्रहरी कार्यालयका प्रमुखबाट सोही विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लागूऔषध दुर्व्यसन सम्बन्धी चेतनामूलक प्रशिक्षण दिनुभएको थियो ।


















