प्रियंकाको बोल्ड इन्टिमेट सिन

404

अभिनेत्री प्रियंका कार्की र अभिनेता अर्पण थापा स्टारर फिल्म ‘अनागत’ को अफिसियल टिजर र प्रदर्शन मिति घोषणा गरिएको छ । टिजरमा श्रीमान्श्री-मतीबीच घर व्यवहारमा उब्जिने समस्यालाई देखाइएको छ ।

करीब २ वर्ष अगाडि नै छायांकन सकिएको फिल्म । यसअघि फिल्म ‘कथा काठमाण्डू’ मा इन्टिमेट सिन दिएका कारण आलोचित भएकी अभिनेत्री प्रियंकाले ‘अनागत’ मा अभिनेता अर्पणसँग पनि अन्तरंग दृश्य दिएकी छन् । दुई बीचको इन्टिमेट सिन टिजरमा समावेश गरिएको छ। फिल्ममा दुई श्रीमान्-श्रीमतीको भूमिकामा छन् ।

साम्तेन भुटियाले निर्देशन रहेको फिल्म सस्पेन्स थ्रिलर जानरामा निर्माण गरिएको थियो । फिल्ममा अर्पण र प्रियंकासँगै प्रविण खतिवडा र रोशिन सुवेदीको मुख्य भूमिकामा छन् ।

माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व। निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here