जुन सुकै सर्प सजिलै समात्न सक्ने

225

 काठमाडौं /  सर्प देखेर नडराउने मानिस कमै हुन्छन् । तर पाल्पा अर्गलीका सागर पाण्डे भने सर्प बचाउ अभियानमा लागेका छन् ।

चार वर्षको अवधिमा उनले तीन सयभन्दा बढी सर्प बचाइ सकेका छन् ।

पाण्डे सर्पलाई समातेर सजिलै खेलाउने गर्छन् । आफ्नै ६ महिनाकी बहिनी सुतिरहेको बेला नजिकै सर्प देखेपछि बहिनीलाई बचाउन उनले आफ्नो ज्यानको बाजी लगाएर सर्प समातेपछि उनी अहिले जुन सुकै सर्पलाई पनि सजिलै समात्न सक्ने भएका छन् ।

चार बर्ष अघिदेखि सर्प समाउने र बचाउने अभियानमा लागेका सागरले अहिलेसम्म गाउँघरबाट तीन सयभन्दा बढी सर्प बचाइसकेका छन् ।

सर्प समाउने कुनै अनुभव र तालिम नलिएका सागरले उभयचर र सरीर्सप सम्बन्धी लेखिएको थेसिस पढेकै भरमा यस्तो जोखिम काम गर्न सफल भएका हुन् ।

पाल्पा, गुल्मी, स्याङ्जा र कास्की जिल्लाबाट समेत घरमा पसेको सर्प समात्न बोलाउने गरेको पाण्डे जनाउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here