सगरमाथा सिमेन्टद्वारा तीन सय कम्मल वितरण

382

दाङ /  दाङको घोराहिमा रहेको सगरमाथा सिमेन्ट प्रालिले दाङका विपन्न परिवारलाई तीन सय कम्मल वितरण गरेको छ।

चिसो मौसम सुरु भएपछि प्रत्येक बर्ष झै प्रा लिले यस बर्ष पनि दाङका विभिन्न स्थानमा पुगेर कम्मलहरु वितरण गरेको जानकारी दिएको छ ।

कम्पनीले तुलसिपुर उपमहानगरपालिकाका विभिन्न स्थान,घोराहि उपमहानगरपालिका र बगला चुलि गाउपालिकामा लगायतका स्थानहरुमा कम्मल बितरण गरेको छ ।

बिहिबार तुलसिपुर स्थित राप्ती बहिरा सङघमा रहेका एक सय सुस्त श्रवण बालबालिकाहरुका लागि कम्मल वितरण गरिएको हो । कम्पनीका जनसम्पर्क अधिकारी अमर सुवेदीको अध्यक्षता एव तुलसिपुर उधोग बाणिज्य सङघका अध्यक्ष बिरबहादुर रावतको प्रमुख आतित्थ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले एक सय भन्दा बढि बहिरा बालबालिकालाई उचित व्यवस्थापन गर्न चुनौति रहेको भन्दै सबैले राप्ती बहिरा सङघलाई सहयोग गर्नुपर्ने जनाएका छन ।

उनिहरुले साना साना बालबालिकाहरुलाई संरक्षण र शिक्षा प्रदान गर्न समेत राप्ती बहिरा सङघले ठुलो योगदान गरेको भन्दै प्रशसा गरेका थिय ।

कार्यक्रममा प्रमुख अतिथि अध्यक्ष रावतले विगतका तिक्ततालाई बिर्सेर सहकार्य गर्दै अगाडि बढनुपर्ने भन्दै आफुहरु सहयोग र सहकार्य गरेर अगाडि बढन तयार रहेको जनाउनुभयो । उहाँले राप्ती बहिरा सङघलाई सबैले सहयोग गर्नुपर्ने समेत जनाउनुभयो ।

कार्यक्रममा सगरमाथा सिमेन्टका जनसम्पर्क अधिकारी अमर सुबेदिले यसबर्ष दाङका विभिन्न स्थानहरूमा रहेका बिपन्न परिवारलाई घरमै पुगेर जाडोमा आबश्यक पर्ने सामाग्रीहरु बितरण गर्ने कार्यक्रम रहेको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा संघकी निर्देशक प्रतिमा शर्माले होस्टेल र बिधार्थिहरुलाई ब्यबस्थापन गर्न निकै चुनौति रहेको भन्दै सबैले सहयोग गर्नुपर्नेमा जोडदिनुभयो ।

कार्यक्रममा रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीले राप्ती बहिरा सङघलाई तत्काल भौतिक सरचना निर्माणको आवश्यकता रहेको भन्दै यसकार्यमा स्थानीय तहहरु र सङघ सस्थाहरुले सहयोगी भुमिका आवश्यक रहेको जनाउनु भयो।

कम्पनीले जेष्ठ नागरिक ,दृष्टिबिहिन तथा बहिराबालबालिका हरुलाई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि कम्मलहरु बितरण गरिएको कम्पनिका अर्का जनसम्पर्क अधिकारी बिकाश शर्माले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here