जनजागृति माविको वािर्षकोत्सव सम्पन्न

200

तुलसीपुर /  तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १० पातु वनगाउँमा रहेको जनजागृति माविले ६६ औ वािर्षकोत्सव मनाएको छ । २०१० सालमा दाङको दोस्रो विद्यालयका रुपमा स्थापना भएको विद्यालयले विभिन्न कार्यक्रम गरेर वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सव समारोहलाई सम्वोधन गर्दै नगरप्रमुख घनश्याम पाण्डेले जागिर खानका लागि विद्यालय सञ्चालन गर्ने प्रवृत्तिको अन्त्य गर्नका लागि उपमहानगर लागिरहेको जनाए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पाण्डेले विद्यार्थी संख्या कम भएका सामुदायिक विद्यालयलाई मर्ज गर्नका लागि उपमहानगरपालिकाले प्रक्रिया अगाडि वढाइसकेको भन्दै सामुदायिक विद्यालयको सुधारका लागि आफु प्रतिवद्ध रहेको जनाएका थिए ।

आजको विद्यार्थीले विद्यालयबाट मात्रै भन्दा पनि परिवार, प्रविधि र परिवेशबाट नयाँ कुरा सिक्ने जनाउँदै नगरप्रमुख पाण्डेले शिक्षकहरु पनि नयाँ प्रविधिसँग अपडेट हुनुपर्ने कुरामा जोड दिएका थिए । वालवालिकालाई पढ्ने वातावरण घरमा अभिभावले पनि वनाउनुपर्ने वताउँदै नगरप्रमुख पाण्डेले कुनै एक पक्षले मात्रै विद्यालय सुधार गर्न खोजेर विद्यालय सुधार हुन नसक्ने कुरा जनाए ।

कार्यक्रमका विशिष्ट अतिथि एवम् वडा नम्वर १० का वडाध्यक्ष कुमार लामिछानेले विद्यालय वसुधार गर्नका लागि आफुले हरेक सहयोग गर्न तयार गरेको जनाए । उनले वडाकै एकमात्र माध्यमिक विद्यालयलाई नमुना विद्यालय वनाउनका लागि सबैले सहयोग गर्नुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तिलक वहादुर वस्नेतले आगामी शैक्षिक सत्रबाट विद्यालयले कक्षा ११ सञ्चालन गर्न लागेको वताएका थिए । उनले अभिभावकले साथ दिए प्राविधिक शिक्षा सञ्चालनका लागि पनि तयारी गरिरहेको जनाए । कार्यक्रममा पूर्व वडाध्यक्ष दानवहादुर खड्का, शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष मेघराज वस्नेत लगायतले मन्तव्य राखेका थिए । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष हिमवहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजिरकण वसन्त कुमार गौतमले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here