तुलसिपुरका अग्नि पिडित घिमिरेलाई ९ लाख सहयोग

102

शरद रेग्मी

तुलसिपुर / विद्युत सर्ट भएर आगलागि भएको अन्नपूर्ण सप्लायर्सका पिडित लाई विभिन्न सङघ सस्थाहरुले नगद रकम सहयोग गरेका छन ।

मंसिर २८ गते बिहान विद्युत  सर्ट भई मिटरबक्स बाट आगो सल्किदा व्यवसायी भिम घिमिरेको घर ,पसल तथा गोदाम जलेर पुर्णरुपमा क्षति भएको थियो ।

विभिन्न संघ संस्था तथा स्थानीय तहहरुको सहयोगमा आज सम्ममा झन्डै ९ लाख बढि रकम सङकलन भएको व्यवसायी घिमिरेले जानकारी दिनुभएको छ ।

तुलसिपुर उधोग वाणिज्य सङघको अगुवाइमा विभिन्न उपसमिति तथा व्यवसायीहरुले स्वतः स्फुर्तरुपमा घिमिरेलाई सहयोग गर्ने क्रम अझैसम्म जारिरहेको संघका अध्यक्ष बिरबहादुर रावतले जानकारी दिनुभएको छ । हामीले सुरुमा तत्काल ५१ हजार सहयोग गरेका थियौं ।

संघको यहि पौष २१ गते हुनलागेको २५ औ साधारणसभामा केन्द्रीय अध्यक्ष लगायतको उपस्थितिमा केहि रकम थप हुने छ अध्यक्ष रावतले भन्नुभयो। ‘हामीले ईन्सोरेन्स कम्पनी र नेपाल उधोग बाणिज्य महासङघलाई सहयोग र समन्वयात्मक भुमिका खेल्न आग्रह गरुका छौ।’ वाणिज्य संघका निवर्तमान अध्यक्ष बिमल रिजालले भन्नुभयो ।

उहाँका अनुसार करिव करिव एक लाख बढि रकम पिडित ब्यबसायिहरुलाई साधारण सभाका अवसरमा हस्तान्तरण हुने छ । रिजालका अनुसार वर्तमान कार्यसमिति ,पदाधिकारी र सल्लाहकार,पुर्व अध्यक्षहरुले ब्यक्तिगत रुपमा सङकलन गरेको रकम केन्द्रीय अध्यक्ष भवानि राणाको उपस्थितिमा हस्तान्तरण गरिने छ । त्यसैगरि अन्य पिडित व्यवसायीहरुलाई समेत सक्दो सहयोग गर्ने तयारी तुलसिपुर उधोग वाणिज्य संघले गरेको छ ।

यता राप्ती अञ्चल सार्वजनिक यातायात ब्यबसायि समितिले एक सिक्षप्त कार्यक्रमका बिच अग्नि पिडित घिमिरेलाई नगद २५ हजार ५५५ रुपैया सहयोग गरेको छ ।

समितिका अध्यक्ष सुरेश हमाल ,कार्यसमितिका पदाधिकारी र कार्यालय प्रमुख सिताराम शर्माले पिडित व्यवसायी घिमिरेको घरमै पुगेर नगद रकम हस्तान्तरण गर्नुभयको थियो । आगलागिबाट करिव पाच करोड बढिको क्षति भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here