विवेकशील साझा पार्टी विभाजनकाे अवस्थामा

219

काठमाडौं /  विवेकशील साझा पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ ।

पार्टीमा अहिले दुईजना संयोजक छन् । रविन्द्र मिश्र र उज्जल थापा । तर संयोजक थापाले एकलौटी रुपमा सोमबार १८ पृष्ठ लामो समीक्षा प्रतिवेदन नेता तथा कार्यकर्तालाई बाँडेका छन् । उनको निष्कर्ष विवेकशील साझा पार्टी गलत दिशामा गएको भन्नेछ ।

त्यसमा उनले अप्रत्यक्ष रूपमा अर्का संयोजक रवीन्द्र मिश्रको कार्यशैलीको आलोचना गरेका छन् । यही विषयले अहिले चर्चा पाएको छ । थापाको तर्क एकातिर छ भने विधानबमोजिम काम पनि भएको छैन ।

केन्द्रीय विभागबारे आठ महिनाअघि बनेका विभिन्न केन्द्रीय विभाग अहिले निष्क्रिय वा असन्तोषजनक स्थितिमा छन । पार्टीका प्रवक्ता सूर्यराज आचार्य भने पार्टीभित्रको विवाद बाहिर चर्चा भएजस्तो ठूलो नभएको दावी गर्छन ।

विवेकशील नेपाली दल र साझा पार्टीबीच २०७४ साल ११ गते एकता घोषणा भएको थियो । एकतापछि दलको नाम ‘विवेकशील साझा पार्टी राखिएको थियो भने चुनाव चिन्ह र पार्टीको झन्डा साझाले प्रयोग गर्दै आएको तराजु राखिएको थियो । एकतापछिको प्रतिनिधिसभा चुनावमा जोडतोडका साथ सहभागि भएको यो दल थ्रेसहोल्ड पार गर्दै राष्ट्रिय दल बन्न भने सकेको थिएन ।

विगत १ वर्षमा संगठन निर्माण निराशाजनक देखिएको कतिपयको विश्लेषण छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here