घरमै अवैध हतियार बनाउने पक्राउ

306

गुल्मी/जिल्ला प्रहरी कार्यालय गुल्मीले धुर्कोट गाउँपालिका–३ हाडहाडेका ५१ वर्षीय शेरबहादुर जिसीलाई घरमै अवैधरुपमा आरन सञ्चालन गरी भरुवा बन्दुक बनाएको अभियोगमा पक्राउ गरेको छ ।

प्रहरीले आज पत्रकार सम्मेलन गरी भरुवा बन्दुक बनाउन प्रयोग हुने सम्पूर्ण बन्दोबस्तीका सामग्रीसहित जिसीलाई सार्वजनिक गरेको छ । जिसीको घरबाट तीन थान भरुवा बन्दुक, मेडइन कोलकत्ता लेखिएको एक थान टोय एर गन, दुई थान बन्दुकको नाल र बन्दुकको छर्रा बनाउन प्रयोग हुने रड, बारुद, पटका, बन्दुकको टेगर, सटगनको खोका, ब्याट्री, युरिया र आरन पङ्खालगायतका सामाग्री बरामद गरेको प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताउनुभयो ।

प्रहरीले विशेष सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा इलाका प्रहरी कार्यालय पुर्कोटबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले घरमा हतियार बनाउने कारखानासहित जिसीलाई पक्राउ गर्न सफल भएको थियो । प्रहरीले गत साता धुर्कोट गाउँपालिका– ७ निवासी कृष्ण घर्तीको घरबाटसमेत एक नाल भरुवा बन्दुक बरामद गरेको थियो । पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान जारी राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here