नियम नबनाएरै जनता लुटने सरकारको अर्को अलोकप्रिय काम

259

 काठमाडौं  / जनवरी १ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदेशबाट विदेशबाट घर फर्किएकाले ल्याउने सामानमा कडाई गरिएको छ । विदेशबाट आउनेले तोकिएभन्दा बढी सामान ल्याएमा सम्पूर्ण रुपमा जफत गर्न थालिएको छ। नियम नबनाएरै जनता लुटने सरकारको यो कामलाई अर्को अलोकप्रिय कामको रुपमा विश्लेषकहरुले लिएका छन् ।

यसअघि इलेक्ट्रोनिक्सका सामान र मदिरामा केही सहुलियत पाउँदै आएका यात्रुहरुले अहिले भने अब १ लिटरभन्दा बढी मदिरा ल्याएमा जफत हुने गरिएको छ । जनवरीअघिसम्म यी सामानहरुमा कडाई गरिएको थिएन। तर अब कसैले पनि थाहा थिएन भनेर कुनै पनि सामान तोकिएभन्दा बढी ल्याउन नपाउने भएका छन् । ल्याएमा जफत गरिने जनाइएको छ ।

ट्याबलेट, नयाँ ल्यापटप, कम्प्युटर, मोबाइल, क्यामेरा, पेनड्राइभजस्ता इलेक्ट्रोनिक्स सामान पनि एक एक थान ल्याउन पाउने व्यवस्था छ। व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामानमा पूर्ण भन्सार छुट हुने गरेको छ भने विदेशमा एक वर्ष काम गरी फर्केकाले एक पटकमा ३२ इन्चसम्मको एउटा टिभी ल्याउन पाउने व्यवस्था छ। म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो एक–एक सेटसम्म ल्याउन पाइनेछ।

सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरियामा भन्सार छुट रहेको छ। तोकिएभन्दा बढी ल्याएमा ऐनअनुसार कारबाही तथा जरिवाना हुने कार्यालयले जनाएको छ। जसमा लुगाफाटा, बरबिछ्यौनादेखि गृहस्थीका पुराना सामान र औषधि उपचार गराई नेपाल फर्केका विरामीले ल्याउने औषधिमा कुनै भन्सार कर नलाग्ने भन्सार कार्यालयले जनाएको छ। त्यस्तै शारीरिक रुपमा अशक्तले सहाराको रुपमा प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान ल्याउन पाउने व्यवस्था छ।

पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक–एक थानमा पूर्ण भन्सार छुट छ। डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान फुटबल, भलिबल, ब्याटमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार, हार्मोनियम, तबला, जस्ता सामानहरु पनि पूर्ण भन्सार छुटमा ल्याउन सकिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here