अमेरिकी विशेषदूत पाकिस्तानमा

284

इस्लामाबाद/संयुक्तराज्य अमेरिकाका शान्ति विशेषदूत जाल्मे खलिलजाद अफगानिस्तानमा जारी १७ वर्षे सशस्त्र युद्ध अन्त्यको उपाय खोजी गर्ने उद्देश्यले पुनः पाकिस्तान आइपुग्नु भएको छ । अफगानिस्तानमा युद्धरत पक्षसँग सम्झौता भएमा अफगानिस्तानमा अमेरिकाको सबैभन्दा लामो सैनिक सहकार्य अन्त्य हुनेछ । इस्लामाबादस्थित अमेरिकी दूतावासले विशेषदूत खलिलजादले वरिष्ट पाकिस्तानी अधिकारीहरुसँग विचारविमर्श गर्ने जनाएको छ, तर विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

आफ्नो नियुक्ती भएसँगै खलिलजादले अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्न निकै प्रयत्न गर्नुभएको छ । यसअघि भएका भ्रमणका क्रममा उहाँले अफगानिस्तानमा छापामार युद्ध गरिरहेको तालिबानसँग खाडी राष्ट्रमा वार्ता गर्नुभएको थियो । यसपटक उहाँले मध्यपूर्वका मुलुकको भ्रमण गर्ने कार्यक्रम छैन, तर उहाँले तालिबानी नेताहरुलाई पाकिस्तानमै भेट्ने सम्भावना रहेको छ । यदि तालिबानसँग वार्ता भए खलिलजादले काबुलसँग प्रत्यक्ष वार्ता गराउन भूमिका निर्वाह गर्नुहुनेछ । तर, तालिबानले अफगानिस्तान सरकारसँग वार्ता नगर्ने अडान राख्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here