संसद भवन अगाडि डा.केसी समर्थक र प्रहरीबीच झडप, १५ जना पक्राउ

362

काठमाडौं / नयाँ वानेश्वर संसद भवन अगाडि डा. गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने माग गर्दै आन्दोलन  गरेकाहरु पक्राउ परेका छन् ।

विवेकशिल नेपाली दलले डा. गोविन्द केसीको माग सम्बोधन गर्नुपर्ने माग गर्दै आन्दोलन गरेका हुन् । डा.केसीसँग सरकारले गरेका सम्झौता लागु गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।

आन्दोलनको क्रममा नयाँ वानेश्वर संसद भवन अगाडि विवेकशिल नेपाली दलका संयोजक उज्वल थापा, सदस्यहरु शशी बिक्रम कार्की, अजिता राई, डा. दिनेश प्रसाईं, अम्बिका कार्की, सूजन श्रेष्ठ, रामजी पन्त, मिलन पाण्डे, सोनम थीमी, लगायतका २५ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई महेन्द्र पुलिस क्लब लागिएको छ ।

साथै नागरिक समाजले गरेको प्रदर्शनमा थ्री ब्रदर्श पम्प अगाडिबाट पनि प्रहरीले १५ जनालाई पक्राउ गरेको छ । उनीहरुले चिकित्सा शिक्षा विधेयक संशोधन हुनुपर्ने माग गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here