सानिमालाईफ इन्स्योरेन्सको कन्चन विकास बैंक र सृजनशिल सहकारीसंग वीमा सम्बन्धी सम्झौता

225

 काठमाडौं / सानिमा लाईफ इन्स्योरेन्स लिमिटेडले कञ्चनबिकास बैक, महेन्द्रनगर तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकन्चनपुर संग वीमा सम्वन्धि सम्झौता गरेको छ ।

गत माघ ९ गते महेन्द्रनगरमा छुटाछुटै आयोजीत सम्झौता हस्ताक्षर कार्यक्रममा इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना, कञ्चन विकास बैकका तर्फबाट बैककाप्रमुखकार्यकारी अधिकृत विरुराम जैशी तथा सृजनशिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडीका तर्फबाट सहकारीका प्रमुख कार्यकारी अधिकृत मदन भट्टले हस्ताक्षर गर्नु भएको थियो ।

उक्त सम्झौता अनुसार दुवै संस्थाहरुको सम्पुर्ण शाखाहरुबाट ग्राहकहरुले सानिमा लाईफ इन्स्योरेन्स लि. को उत्कृष्ट वीमा सेवा उपभोग गर्न सक्ने छन ।

उक्त कार्यक्रमहरुमा कम्पनीका मुख्य प्रबन्धक गणेश चौलागाई, वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ, क्षेत्रिय प्रबन्धक गणेश उप्रेती तथा शाखा प्रमुख रोशन भट्ट लगायतको उपस्थीती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here