१३ वर्षीय बालिका बलात्कार गर्ने पक्राउ

308

चितवन /  चितवनमा एक १३ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा चितवन प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

रत्ननगर नगरपालिका–७ बछ्यौलीकी एक बालिकालाई आर्थिक प्रलोभन देखाई करणी गर्ने बाराको कोल्ही नगरपालिकाका ३० वर्षीय गङ्गा चौधरी र सोही स्थानका २२ वर्षीय अजय कुमारलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

उक्त घटनाका विषयमा रत्ननगर इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीले जानकारी दिएका छन ।

उनीहरुलाई घटनास्थलबाट चार किलोमिटर टाढा रत्ननगर–६ को आर्मी ब्यारेक नजिकबाट नियन्त्रणमा लिएर कारबाही प्रहृया अघि बढाएको उनले जनाए  ।

बालिकाको स्वास्थ्य परीक्षणपछि अभिभावकको जिम्मा लगाइएको र आरोपित व्यक्तिले मादक पदार्थ सेवन गरेर करणी गरेको अनुसन्धानबाट खुलेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here