काठमाडौं/अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस सुपर मोडल ग्लोव २०१९’ मा नेपालकी अदिति अधिकारीले सफलता हात पारेकी छिन् । नेपालको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी अदितिले ‘सेकेण्ड रनरअप’ र ‘मिस फेसन मोडल’ दुई महत्वपूर्ण उपाधि नेपाल भित्र्याउन सफल भएकी हुन् ।
नेपाल, भारत, चिन, बंगलादेश लगायत १६ देशका सुन्दरीहरु सहभागी प्रतियोगिता भारतको नयाँ दिल्लीमा केही दिन अगाडि सम्पन्न भएको थियो । १८ वर्षीय अदिति नेक्स्ट मोडल नेपाल आयोजक रहेको ‘मोडल हन्ट नेपाल २०१८’ की बिजेता हुन् ।
नेपाली कलासंस्कृतिले भरिएको बिभिन्न पोसाक समेत प्रस्तुत गरेकी अदितिले प्रतियोगितामाबाट आफुले धेरै कुरा सिक्न मिलेको बताइन् । प्रतियोगीतामा शीर्ष उपाधि मिस रसिया तातीयाना र फष्टरनर अप मिस फिलिपिन्स पाउलिनले जितेका थिए ।


















