बुटवल/गुल्मीमा १२ बर्षिया बालिका र रुपन्देहीको बुटवलमा ३ बर्षिया बालिका बलात्कार भएकी छन् । शिकार भएकी छन् । माघ–२४ गते राती गुल्मीको सत्यवती गाउँपालिका वडा नम्वर–५ हसराकी १२ बर्षिया बालिका कल्ली (नाम परिवर्तन) लाई बाग्लुङ्गको बरेङ्ग गाउँवालिका वडा नम्वर–२ का २७ वर्षिय विसन दर्जीले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी निरीक्षक रबिन्द्रबहादुर खड्काका अनुसार आरोपीविरुद्ध पिडित बालिकाकी आमाले माघ २८ गते जाहेरी दिएकी थिइन् । आरोपी फरार भई बुटवलमा लुकेर बसेको र पछि प्रहरीले पछ्याउँदै जाँदा बडिगाड खोला लाइनबाटै पक्राउ गरेको थियो । अभियुक्तलाई अहिले हिरासतमा लिई अदालतमा जवरजस्ती करणी सम्वन्धी मुद्धा दर्ता गरिएको छ । यसैगरी इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी डिलबहादुर मल्लका अनुसार बुटवलमा ३ बर्षिया बालिका बलात्कारको शिकार भएकी छिन् ।
उनका अनुसार फागुन ४ गते विहान करिव साढे १० बजेको समयमा बुटवल उपमहानगरपालिका वडा नम्वर–२ बस्ने ३० बर्षिय रमशे बिकले मनकामना टोलकी ३ बर्षिया बालिकालाई मैनाबगरस्थित तिनाउखोलाका झाडीमा लगेर बलात्कार गरेका थिए । निजले घरबाट खोलामा लगेर नहाई दिन्छु भन्दै ललाई फकाई झाडीमा लगेर जवरजस्ती करणी गरेको डिएसपी मल्लले बताएको छ । प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको मल्ले जानकारी दिए ।


















