‘भर्जिन’ बताउने युवतीले रहस्यमयी तरिकाले बच्चा जन्माइन्

140

एजेन्सी/आफूलाई ‘भर्जिन’ बताउने र कहिले पनि प्रेमी नबनाएको दाबी गर्ने एक युवतीले रहस्यमयी तरिकाले बच्चालाई जन्म दिएकी छिन् । चीनको गुइयाङकी २० वर्षे महिला पेट दुखेपछि अस्पताल पुगेपछि उनलाई डाक्टरले गर्भवती भएको बताएपछि उनले सो कुरा विश्वास गर्न मानिनन् । डाक्टरका अनुसार पढेलेखेकी ती महिला अत्यधिक मोटी थिइन् त्यसकारण उनलाई आफू गर्भवती भएको पत्तै भएन ।

घटना त्यतिबेला जटिल भयो जब उनले बच्चा निकाल्न शल्यक्रिया गर्नुअघि आफ्नो कुमारित्व परीक्षण गर्न माग राखिन् । गुइयाङ्ग इभिनिङ पोष्टले यसबारे फेब्रुअरी १५ तारिखमा समाचार लेखेको छ । युवतीलाई गुइझाउ प्रान्तको गुइयाङ्गस्थित एक अस्पतालमा राखिएको थियो । ती युवतीलाई प्रसव पीडा हुनै लाग्दा पनि आफू गर्भवती भएको थाहा नभएको बारे थाहा पाएपछि अस्पतालका कर्मचारी आश्चर्य भए । जब डाक्टरले उनी गर्भवती भएको बारे जानकारी दिए, २० वर्षे ती युवतीले भनिन्, ‘असम्भव, म कुनै पनि हालतमा गर्भवती हुन सक्दिनँ ।’ नाम नखुलाउने शर्तमा डाक्टरले मिरर डट को डट युकेलाई भने, ‘उनले आफ्नो कुमारीत्व परीक्षणको माग राखिन् । यो निकै चकित पारिदिने खालको थियो ।’

युवतीको भनाई उद्धृत गर्दै अस्पतालका कर्मचारीले भने, ‘उनलाई पुरुषहरु मन पर्दैन, कहिले पनि प्रेमी बनाइनन् र कहिले पनि यौन सम्बन्ध राखिनन्, त्यसकारण आफू गर्भवती हुनै नसक्ने उनले दाबी गरिरहेकी थिइन् ।’ जब डाक्टरले रक्सीको मातमा यस्तो भएको हो कि भनेर सोधे तब उनले भनिन्, ‘मलाई रक्सीसँग एलर्जी छ, मैले कहिले पनि रक्सी छोएकै छैन ।’ महिलाको तौल अत्यधिक भएकाले उनको पेटमा विगत ९ महिनादेखि बच्चा हुर्किरहेको छ भन्ने थाहा नभएको हुनसक्ने डाक्टरले बताएका छन् ।

‘उनी गर्भवती छिन् र चाँडै नै प्रसव पीडामा जाँदै छिन् भन्ने बारे उनलाई सम्झाउनै सकिएन,’ डाक्टरले भने । उनको स्वास्थ्यस्थिती बिग्रन थालेपछि अस्पतालले युवतीको शल्यक्रिया गर्यो । उनले फेब्रुअरी ६ तारिखमा छोरालाई जन्म दिइन् । नवजात शिशुलाई उनकी आमाले छुनसमेत हिच्किचाएपछि महिलाको परिवारलाई सुम्पिइयो ।

रिपोर्टका अनुसार ती युवती एक्लै बस्थिन् । उनको तौल अत्यधिक भएको र महिनावारी पनि गडबडी भएकाले उनलाई गर्भ बसेको पत्तै भएन । युवतीलाई टाउको दुख्यो, औषधी खाएर सुतिन्, उठ्दा थाहा भयो कि आमा बनिसकेकी छिन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here