बस र सुमो ठोक्‍किँदा ६ जना घाइते

176

ओखलढुंगा / काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा ४ ख ४४३४ नम्बरको बस र विपरित दिशाबाट आइरहेको ना १ ज ७०९४ नम्बरको टाटा सुमो ठोक्‍किँदा सुमोमा सवार ६ जना यात्रु घाइते भएका छन्।

 सिन्धुलीको फिक्‍कल गाउँपालिका-५ स्थित झगरेमा बिहीबार दिउँसो बस र सुमो ठोक्‍किँदा ६ जना घाइते भएका  हुन्। घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको र अन्य पाँचजनालाई समान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। दुर्घटनामा परी सुमोमा सवार लेले गाउँपालिका-१ सोलुखुम्बुकी ८० वर्षीया देउकुमारी खत्री गम्भीर घाइते भएकी छन्। उनको दाँया हात भाँच्चिएको छ भने टाउकोमा गम्भीर चोट लागेको प्रहरी उपरीक्षक सिंहको भनाई छ।

यस्तै सोही ठाउँका ३८ वर्षीया कृष्णकुमारी खत्री, मुगारी गाउँपालिका-३ सोलुखुम्बुकी २२ वर्षीया धनकुमारी सार्की, सोलुखुम्बुकै थोलुङ्ग गाउँपालिका-१ बस्ने ४५ वर्षीय जङ्म्मु शेर्पा र उनकी ३ वर्षीया छोरी साङ्गे शेर्पा सामान्य घाइते भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here