स्वास्थ्य मन्त्रालयद्वारा स्वास्थ्यकर्मीलाई कार्यालयमै खटिन निर्देशन

175

काठमाडौं –  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र  स्थानीय तहमा समायोजन भइ रमना लिन बाँकी रहेका स्वास्थ्यकर्मीलाई हाल कार्यरत कार्यालयमै खटिन निर्देशन दिएको छ । कोभिड अवधिभर ती स्वास्थ्यकर्मीलाई हाल कार्यरत स्थानमै खटिएर सेवा दिन मन्त्रालयको सचिवस्तरिय बैठकले निर्देशन दिएको हो ।

कर्मचारी कार्यरत कार्यालयलाई त्यहीबाट तलब खुवाउन समेत सरकारले  निर्देशन दिएको छ । हाल अस्पतालमा कार्यरत तर अन्य कार्यालयमा समायोजन भएका स्वास्थ्यकर्मीहरुलाई पनि कोभिड अवधिभर रमना नदिई साविक अस्पतालले काममा लगाइ तलब भत्ता ख्वाउनुपर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here