दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता हुने

85

काठमाडौं/नेपालमा आयोजना हुने १२औँ संस्करणको दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता असार पहिलो साता हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घले पत्रकार सम्मेलन गरी प्रतियोगिता असार ६ र ७ गते हुने जानकारी दिएको हो । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, भूटान, अफगानिस्तान, श्रीलङ्का, माल्दिभ्स र बङ्गलादेशको सहभागिता रहने नेपाल शारीरिक सुगठन तथा फिट्नेस सङ्घका अध्यक्ष राजेशबाबु श्रेष्ठले जानकारी दिनु भयो । प्रज्ञाभवन कमलादीमा हुने उक्त प्रतियोगितामा शारीरिक सुगठनतर्फ ५५, ६०, ६५, ७०, ७५, ८०, ८५, ९० र ९० किलोमाथिको तौल समूहमा प्रतिस्पर्धा हुनेछ । पुरुष फिट्नेस फिजिकलमा १७० सेन्टिमिटर र १७० सेन्टिरमिटर उचाइमाथि तथा महिला एथलेटिक्स फिजिकलतर्फ १६५ सेन्टिमिटर र १६५ सेन्टिमिटर उचाइमाथि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ‘विश्व बडी बिल्डिङ एण्ड फिजिकल स्पोट्र्स फेडेरेशन’का महासचिव तथा ‘एशियन बडी बिल्डिङ एण्ड फिट्नेस फेडेरेशन’का अध्यक्ष डातुक पाउल चुआ नेपाल आउने जानकारी सो अवसरमा दिइयो । सो प्रतियोगिताका लागि नेपालले आगामी वैशाखमा आयोजना हुने मिस्टर हिमालयबाट खेलाडी छनोट गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here