मिस नेपाल श्रृङ्खला खतिवडा च्याम्पियन्स लिग फुटबल हेरिन्

389

एजेन्सी/मिस नेपाल श्रृङ्खला खतिवडाले फ्रान्समा च्याम्पियन्स लिग फुटबल बुधबार राती फ्रेन्च महारथि पेरिस सेन्ट जर्मन (पीएसजी) र इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेड (एमयुएन)  खेल हेरेकी छिन् ।

उक्त खेल हेरेपछिको आफ्नो अनुभव इन्स्टाग्राममा सेयर गरेकी छिन् । उनले इन्स्टाग्राममार्फत् बुधबारको रात निकै उत्कृष्ट भएको बताइन् । आफूले जीवनमा कुनै ठूलो फुटबल म्याच रंगशालामा प्रत्यक्ष हेर्ने सपना देखेपनि भिआइपीमा बसेर पीएसजी र एमयुएनबीचको खेल हेर्ने मौका पाउनेछिन् भनेर कहिले नसोचेको बताइन् । साथै, उनले नाम मात्र सुनेका एलेक्स फर्गुसन, निकोलस सार्कोजी, डिडियर डेस्च्याम्पस, एभ्रा, पोग्बालगायतका अन्य १० व्यक्तिसँगै बसेर खेल हेर्नु आफ्नो कल्पना बाहिरको कुरा बताइन् ।

‘उक्त खेल हेर्ने अवसर पाएको खबर सुनेपछि म खुसीले उफ्रिएकी थिएँ, ’ उनले भनिन् ।


आफूले जीवनकै उत्कृष्ट अनुभव सँगाल्न पाएको जानकारी दिइन । साथै, नेपालको फ्रेन्च दूतावासलाई धन्यवाद दिएकी छिन् । साथै, उनले अर्को पोष्टमा आफूले गएराती उत्कृष्ट फुटबल खेल हेरेको कुरा अझै पनि विश्वास गर्न नसकेको बताएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here