समाज र राष्ट्रहितका लागि युवा शक्तिमा जोड दिँदै सबै जिल्लामा प्राज्ञिक विद्यार्थी परिषद्को अधिवेशन सम्पन्न गर्दै

251

 काठमाडौं / प्राज्ञिक विद्यार्थी परिषद्ले भर्खरै मात्र परिषद्ले सुदुरपश्चिमका जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । सबै जिल्लामा अधिवेशन सम्पन्न गर्दै आइरहेको प्राज्ञिक विद्यार्थी परिषद्ले सबै जिल्लामा अधिवेशन सम्पन्न गरिरहेको छ । परिषद्ले गत साता आफ्नो प्रदेश ३ को अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको थियो ।

बिहिबार परिषद्ले कर्णाली प्रदेशको प्रथम अधिवेशन भब्यताकासाथ सम्पन्न गरेको छ । उक्त अधिवेशनको उदघाटन समारोह सुर्खेत स्थित राम मन्दिरको सभाहलमा स्वागत समिति अध्यक्ष डा आनन्द सुवेदी , प्रमुख अतिथि कार्णाली प्रदेशका मुख्य सचिव राम प्रसाद थपलिया , विशेष अतिथि मध्यपश्चिम विश्वविद्यालयका परिक्षा नियन्त्रक डा नारायण पौडेल, विद्यार्थी परिषदका राष्ट्रिय अध्यक्ष डा रामजी गौतम , राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, स्वागत समिति महासचिव शिवराज अधिकारी, राष्ट्रिय सचिव छितराज न्यौपाने ,कार्णाली प्रदेश अध्यक्ष हरिशरण आचार्य, सचिव दिनेश कार्की ,हिन्दु स्वयंसेवक संघ नेपालका सम्भाग कार्यबाहक महेश आचार्य लगायत कर्णाली प्रदेशका सबै जिल्लाका १५० भन्दा बढी प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएका थियो ।

प्राज्ञिक विद्यार्थी परिषद् ,नेपाल कर्णाली प्रदेशको प्रथम प्रदेश अधिवेशनको दोस्रो दिनको प्रथम सत्र भाषण सत्र -समाज र राष्ट्रहितका लागि युवा ) विषयमा भाषण प्रस्तुत गर्नुहुदै परिषद्का राष्ट्रिय संगठन सचिव श्री नारायण प्रसाद ढकाल तथा दोस्रो सत्र वैचारिक सत्र (राष्ट्रिय सुरक्षामा युवाको भुमिका) विषयमा प्रशिक्षण प्रदान गर्नुहुदै प्रहरी नायब महानिरीक्षक महेश विक्रम शाह र अखिल भारतीय विद्यार्थी परिषदका क्षेत्रिय संगठन मन्त्री रमेश गडियाले शुभकामना दिनुभएको थियो ।

अधिवेशन बाट २५ जनाको प्रदेश कार्यकारिणी समिति निर्वाचित भएका छन् । अधिवेशनको मुल मर्म समाज र राष्ट्रहितका लागि युवा शक्तिमा जोड दिनु रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here