गिरफ्तार कमरेडहरुलाई रिहा नगरे जनप्रतिरोध कारवाही गर्ने विप्लव नेकपाको चेतावनी

145

काठमाडौं / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पक्राउ गरेको आफ्ना कार्यकर्ता तत्काल रिहा नगरे जवाफी कारवाही गर्ने चेतावनी दिएको छ । तुरुन्त रिहा नगरे जनप्रतिरोध कारवाही गर्ने उसको चेतावनी ।

पार्टीले अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नरहेको जनाएको छ तर, सरकार आफैले देशलाई गृहयुद्धमा धकेल्न चाहेको नेकपाको आरोप छ ।

‘अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको नीति नै नरहेको र दलाल पुँजीवादकाविरुद्ध हाम्रो आन्दोलन चलिरहेको अवस्थामा प्रहरी आफैले एकतर्फी गोली चलाएर जवाफी कारबाही गरेको बकबास गरेको छ,’ पार्टीका मध्यकमाण्ड इञ्चार्ज हेमन्त वली ‘सुदर्शन’ले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘सीआईबीका नाममा परिचालित सरकारी खुफिया एजेन्सीले जनयुद्धकालमा सेनाको भैरवनाथ गणको भूमिका निर्वाह गर्न घालेको प्रत्यक्ष अनुभूति हुन थालेको छ ।’

वक्तव्यमा सरकार, गृह प्रशासन, गृह प्रशासनअन्र्तगत विभिन्न सुरक्षा निकायका प्रमुख अधिकारीहरूले देशलाई गृहयुद्धमा धकेलेर भष्टाचार, कालोबजार, बलात्कार र अत्याचारलाई लुकाउन तथा यी अपराधहरूलाई संस्थागत गर्न खोजेको आरोप लगाइएको छ ।

‘नेपाली उत्पीडित तथा श्रमजीवी जनताको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीले केपी–पीके सरकार सामाजिक दलाल पुँजीवादबाट सामाजिक फासीवादतर्फ पतन हुँदैछ भनी गरेको संष्लेषण वर्तमान पटनाक्रममले राम्रोसँग पुष्टि गरेको छ,’ वक्तव्यमा भनिएको छ, ’हाम्रो पार्टीको गतिविधिमाथि नियन्त्रणका नाममा देशमाथि नै प्रतिबन्ध लगाउनु फाँसीवादको भद्दा नमुना हो ।’

प्रतिबन्धित नेकपाले सरकारले पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की जीवन्तलगायत दर्जनौंलाई गिरफ्तार गरेको र काभ्रेको रोशी गाउँपालिकामा प्रहरीले गोली चलाएको भन्दै विरोधसमेत गरेको छ ।

‘काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिकाको काफलडाँडामा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानमा रहेका अभियानकर्मी विशाल तामाङ, नुमबहादुर विक, शिव भिमाल र दीपेन्द्र राईलाई पक्राउ गरेको छ,’ वक्तव्यमा भनिएको छ, ‘निहत्या, निःशस्त्र अभियानकर्मीले पहिले नै गोली चलाएकाले प्रहरीले जवाफी गोली चलाएको बकबास गरिएको छ । यो झट्टा बकबास जनयुद्धकालमा लगाइएको सङ्कटकाललाई स्मरण गराएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here